दफा १५
खेलकूद सम्बन्धी संस्थाको नाम दर्ता गर्न सक्ने
(१) दफा १४ बमोजिम नाम दर्ता गराउनको लागि खेलकूद सम्बन्धी संस्थाको दरखास्त परेमा त्यस्तो दरखास्त प्राप्त भएको मितिले पैंतीस दिन भित्र परिषद्ले आवश्यक जाँचबुझ गरी त्यस्तो खेलकूद सम्बन्धी संस्थालाई आफ्नो लगतमा नाम दर्ता गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लगतमा नाम दर्ता गरेकोमा दर्ता गरिएको सूचना वा दर्ता गर्न नसकिने ठहरिएमा दर्ता गर्न नसकिने व्यहोराको सूचना परिषद्ले त्यस्तो खेलकूद सम्बन्धी संस्थालाई दिनु पर्नेछ ।